You are viewing the translated version of राहदानी रद्द गर्न सकिने.

Section 15
राहदानी रद्द गर्न सकिने
(१) विभागले देहायको अवस्थामा राहदानी रद्द गर्न सक्नेछ:-
(क) राहदानीवाहकले आफ्नो नाममा जारी भएको राहदानी हराएको कुरा विभाग वा नियोगलाई जानकारी गराएमा,
(ख) अदालतको आदेशबाट राहदानी रद्द वा खारेज भएमा,
(ग) राहदानीवाहक नेपाली नागरिक कायम नरहेमा,
(घ) गैरनेपाली नागरिकले राहदानी प्राप्त गरेको प्रमाणित भएमा,
(ङ) झुट्टा विवरण पेश गरी राहदानी प्राप्त गरेमा,
(च) राहदानीको लागि निवेदन दिई तोकिएको समयभित्र निवेदकले राहदानी नलिएमा।
(२) उपदफा (१) को खण्ड (क),
(ख),
(ग),
(घ) र (ङ) बमोजिम राहदानी रद्व गरिएको जानकारी विभागले नेपाल सरकारको सम्बन्धित निकाय, नेपालस्थित विदेशी नियोग र नेपालस्थित इन्टरपोलको कार्यालयलाई दिनु पर्नेछ।
(३) कुनै नेपाली नागरिकको राहदानी विदेशमा हराई नयाँ राहदानीका लागि नियोगमा निवेदन दिएमा नियोगले राहदानीवाहकको सम्पूर्ण विवरण र राहदानी नम्बर समेत खुलाई हराएको राहदानी रद्द गर्नको लागि विभागमा लेखी पठाउनु पर्नेछ र सोको जानकारी नेपालस्थित अध्यागमन कार्यालय, सम्बन्धित नियोग रहेको मुलुकको विदेश मामिला हेर्ने मन्त्रालय र उक्त मुलुकमा रहेका विदेशी नियोगलाई समेत दिनु पर्नेछ।